कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीमा ट्र्याक्टर र इलेक्ट्रिक स्कुटर एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । भित्री सडक खण्डमा म १ त ६११ नम्बरको ट्र्याक्टर र इलेक्ट्रिक स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका–१० का १८ वर्षीय आशिष बम गम्भीर घाइते भएका थिए ।
घाइते बमलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा शनिबार साँझ उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्र्याक्टर चालक भीमदत्त नगरपालिका–९ का ५८ वर्षीय प्रेम सिंह भण्डारीलाई नियन्त्रणमा लिएको छ ।