छोराको सपना पूरा गर्न आमाबुवाको प्रयास, प्रज्वलले भेटे प्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी

अत्तरिया  : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई प्रत्यक्ष भेट्ने सपना देखेका बालक प्रज्वल कुँवरको इच्छा अन्ततः पूरा भएको छ ।

सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरका छोरा प्रज्वलले आफ्ना प्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई प्रत्यक्ष भेट्ने तीव्र इच्छा व्यक्त गरेका थिए । उनलाई भेट्न नपाउँदा रोएको प्रज्वलको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

छोराको क्रिकेटप्रतिको लगाव र ऐरीलाई भेट्ने चाहना बुझ्दै आमाबुवाले भेटाइदिने वाचा गरेका थिए । अन्ततः आफ्नो वाचा पूरा गर्दै आमाबुवाले प्रज्वललाई उनका प्रिय खेलाडी दीपेन्द्रसिंह ऐरीसँग प्रत्यक्ष भेट गराएका छन् ।

आमाले प्रज्वलको भेट्ने चाहना पूरा गराउनुका साथै भविष्यमा सफल क्रिकेटर बन्ने उनको सपना साकार पार्न पनि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.