अत्तरिया:- कात्तिक २७ गते देखी सुरु भएको तेस्रो जे वाई सी कप -२०८३ नगर स्तरीय क्रिकेट प्रतियोगिता तर्फको उपाधि वडा नं १० काे टिम न्यु सिताराम युवा क्लव र वडा स्तरीय महिला भलिबल प्रतियोगितामा बुढीतोलाको लक्ष्मी माध्यमिक विद्यालयले जितेको छ। सोमबार सम्पन्न भएको प्रतियोगितामा पुरुष क्रिकेट तर्फ १० टिम र वडा स्तरिय महिला तर्फको भलिबलमा ६ टिमले सहभागिता जनाएको थियो।

गोदावरी नगरपालिका वडा नं ४ बास्कोटा स्थित ज्वाला देवी युवा क्लबद्वारा आयोजीत “जे वाई सी कप” प्रतियोगीतामा क्रिकेट तर्फ विजेता हुने वडा नं १० काे टिमले ४१ हजार र उप विजेता टिम आयोजक वडा नं ४ ले २१ हजार रुपैयाँ नगसहित प्रमाण पत्र,ट्रफी, मेडल प्राप्त गरेको छ । यस्तै वडा स्तरिय महिला भलिबल तर्फ प्रथम भएको टिम बुढीतोलाको लक्ष्मी माध्यमिक विद्यालयले २१ हजार र द्वितीय आयोजक टिमले ११ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै समापनमा गोदावरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले क्लबद्वारा आयोजित प्रतियोगीता खेल माध्यम बाट युवाहरुलाई सकारात्मक क्रियाकलापमा जोड दिएको आइरहेको बताउदै समाजमा धेरै व्यक्तिहरू लागू औषध जस्ता कुलतमा फस्दै गइरहेको अवस्थामा यस्ता खेलहरु मार्फत न्यूनीकरका गर्न सहयोग गर्ने भन्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका ४ को वडा कार्यालय रहेको थियो।