अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा प्रधान कार्यालय रहेको संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा चन्द्रबहादुर विष्ट पुनः निर्विरोध निर्वाचित भएका छन्।
संस्थाको शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट विष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो। अधिवेशनबाट सञ्चालक समितिको उपाध्यक्षमा शेरबहादुर विष्ट, सचिवमा सुनील विष्ट, कोषाध्यक्षमा दीर्घराज अवस्थी तथा सदस्यहरूमा नरबहादुर ऐरी, कविता पाण्डे र कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा अर्जुनबहादुर डंगौरा तथा सदस्यहरूमा दिवाकर सिंह ठकुरी र रेखादेवी चन्द सर्वसम्मत निर्वाचित भएका छन्।
सभाले सहकारीको संस्थागत विकासलाई थप सुदृढ बनाउँदै सदस्यहरूको आर्थिक तथा सामाजिक हित प्रवर्द्धन गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने र सहकारीलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।