माया मेट्रो र सुदूरपश्चिमेली नेपाली समाजबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

धनगढी  : माया मेट्रो हस्पिटल प्रा.लि. र सुदूरपश्चिमेली नेपाली समाजबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी समझदारीपत्र मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार सुदूरपश्चिमेली नेपाली समाजमा आबद्ध पदाधिकारी तथा सदस्यका परिवारका सदस्यले माया मेट्रो हस्पिटलबाट उपचार, स्वास्थ्य परीक्षणलगायतका सेवामा विशेष सहुलियत तथा सुविधा प्राप्त गर्नेछन्।

समाजका अध्यक्ष धर्मराज पाण्डेयका अनुसार अब समाजमा आबद्ध सदस्यहरूले माया मेट्रो अस्पतालबाट प्राप्त सम्झौतापत्र देखाएर सम्झौताअनुसारका सुविधा लिन सक्नेछन्।

सम्झौताका लागि माया मेट्रो हस्पिटलका पदाधिकारी, चिकित्सक तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै अध्यक्ष पाण्डेयले विशेषगरी धीरेन्द्र साउदको योगदानको प्रशंसा गरेका छन्। लामो समयदेखिको सहकार्य र आत्मीय सम्बन्धलाई निरन्तरता दिँदै सम्झौताको वातावरण निर्माणमा साउदले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताएका छन्।

विदेशमा रहे पनि आफ्नो जन्मभूमि नेपाल र सुदूरपश्चिमप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै समाज र समुदायको हितमा काम गरिरहेको अध्यक्ष पाण्डेयको भनाइ छ।

समाजका संस्थापक सदस्य, अग्रज तथा अभियानमा जोडिएका सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि एकता र सहकार्यका माध्यमबाट सुदूरपश्चिमेली समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.