राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम एमालेले नौ जनाको नाम सिफारिस गर्यो

अत्तरिया : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस भएको छ । सचिव पाठकका अनुसार खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरिएको छ ।
खुल्लाबाट अछामका कृष्णप्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको हो । त्यस्तै दलित तर्फबाट बैतडीका नरेशकुमार विश्वकर्मा, दार्चुलामा लालीराम लुहार र बाजुराका कासीबहादुर विक रहेका छन् । महिला तर्फबाट बझाङकी भारगथीकुमारी चन्द, कैलालीकी सन्तोषकुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन् ।
सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पूरा भएपछि राष्ट्रिय सभा सदस्यको निर्वाचन हुन थालेको छ । कार्यकाल पुरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट काँग्रेसका तारादेवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.