Agni Offset Press

माओवादीको निर्वाचन कार्यतालिका भोलिसम्मलाई स्थगित

Aarati simant

काठमाडौँ : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शनिबार नेतृत्व चयनको प्रक्रिया आइतबारसम्मका लागि स्थगित भएको छ । शनिबार चलिरहेको बन्दसत्रमा नेतृत्वको चुनावी प्रक्रियाका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।

तर नेताहरुबीच सहमति नभएपछि आइतबार दिउँसो १ बजेसम्मका लागि चुनावी प्रक्रिया स्थगित गरिएको नेता गजेन्द्र महतले जानकारी दिए । उनका अनुसार पदाधिकारीमा पहिले सहमति गरेर मात्रै निर्वाचन कार्यतालिका अगाडि बढाउने सल्लाह शीर्ष नेताहरुबीच भएको छ ।

यसअघि शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ताको समय तोकेको थियो । तर शीर्ष नेताहरुबीच नै नेतृत्व छनौट प्रक्रियामा असन्तुष्टि बढेपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.