Agni Offset Press

समान व्यवहार परियोजनाले गाँउमा सुधार

Aarati simant

जगदीश रोकाया
बझाङ, १८ पुस : युुएमएनको आर्थिक सहयोगमा दलित सहयोग समाजद्वारा संचालन गरिएको समान व्यवहार परियोजनाले बझाङको बुंगल नगरपालिका देउलीकोट क्षेत्रमा समाज सुधार साथै मान्छेहरुको गलत आनिवानीमा सुधार भएको देखिएको छ ।
संस्थाले त्यस क्षेत्रमा गरिएको सामाजिक कुरिती हटाउने र आफ्ना गलत आनिभानी सुधार गर्ने व्यक्तिहरुलाई सम्मान कार्यक्रम र नगरपालिकामा संस्थाको भएको सामाजिक परीक्षण कार्यक्रममा त्यहाँका स्थानीयहरुले संस्थाबाट गरेका क्रियाकलापले आफ्नो गाँउठाउमा निकै सुधार आएको भन्दै प्रशंसा गरेका थिए ।
देउलीकोट क्षेत्र वडा नम्वर नौ दश र एघारका स्थानीयबासीन्दाहरु साथै वडा अध्यक्षहरुले संस्थावाट भएका गतिविधि वाट समाजमा रहेका कुरिती कुुप्रथा हटेका र मान्छेहरुको आनिवानिमा सुधार भइ केहि आयआर्जनमा पनि सुधार भएको वताएका छन् ।
साथै सस्थाबाट भएका तालिम गोष्टी बैठक वाट जनचेतनामा सुधार भएर समाज सभ्य र मर्यादित भएको पनि स्थानीयले महसुुस गरेका छन् । देउलीकोटका वडा अध्यक्ष देउमल धामीले गाँउमा छाउपडी प्रथा, जातिय छुुताछुुत, महिलामा गरिने विभेद्मा सुधार आएको वताए । यसका साथै संस्थावाट आयआर्जनका लागि सहयोग र गरिब असाय बालबालिकालाइ पनि पढाइमा सहयोग गरेको हुँदा संस्थाको राम्रो योगदान भएको वताए । गत वर्षदेखि जिल्लाको विकट बुंगल नगरपालिकामा कार्यक्षेत्र बनाएर समान व्यवहार परियोजना लागुु गरेको दलित सहयोग संस्थाले देउलीकोट क्षेत्रमा महिला पुुरुष समुह, दाजुुभाइ समुुह, बाल समुह, किशोर किशोरी समुह साथै वडा तहको अनुुगन समिति बनाइ व्यत्तिहरु लाइ सचेताना गर्नका साथै समाजमा रहेका परम्परागत कुरिती हटाउने र गलत व्यवहार परिर्वतन गरि स्वरोजगार भएर सभ्य मर्यात व्यक्ति र समाज बनाउन विभिन्न गतिबिधि गर्दै आएको छ ।
बुंगल नगरपालिकाका नगर प्रमुख धनबहादुुर विष्टले पनि संस्थाका कारणले समाजमा जाँड रक्सी खाने हो–हल्ला गर्ने घरपरिवारमा झै झगडा गर्ने व्यक्तिहरु सुधार भइ कुुविचार र कुुलत बाट धेरै मान्छेमा सुधार गराएको हुँदा सस्थाको काम प्रति धन्यवाद दिएका थिए । दलित सहयोग समाजले यस क्षेत्रमा संस्थाबाट गरेका क्रियाकलापहरुको खर्च विवरण सबै सामाजिक परीक्षण गर्ने हुदाँ शुसासन पारर्दशिताका लागि पनि यो संस्थाबाट हामी लाइ धेरै सिकाइ भएको नगर प्रमुख धनबहादुुर विष्टले जानकारि दिए ।
नगरपालिका भएपनि जिल्लाको विकट दुुर्गम क्षेत्र रहेको बुंगल नगरपालिकामा अझै पनि परम्परागत समामाजिक कुरितीहरु लैड्गीक विभेदहरु रहेका छन भने मानिसहरुको आर्थिक सामाजिक अवस्था पनि कम जोर नै रहेको छ । विगत एक दशक अगाडि देखि युनाइटेड मिसन टुु नेपालले बझाङ जिल्लामा स्थानीय सहयोगी संस्थाहरु मार्फत समाजमा कुरिती बिभेद्हरु हटाउने शैक्षिक क्षेत्रमा सुधार गरि विपन्न परिवारहरुको आयआर्जनमा सहयोग गरि समाजिक क्षेत्रमा धेरै काम गर्दै आएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.