Agni Offset Press

जिवनज्योति महिला सहकारीको साधारणसभा : ६२ लाख खुद नाफा

Aarati simant

अत्तरिया, १८ पुस : गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको जिवनज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको नयाँ भवनको सभाहलमा आयोजित उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिं साउँद प्रमुख अतिथि थिए ।
संस्था संचालक समतिकी अध्यक्ष सुमित्रा सोवको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र नगरपालिका कृषि शाखा प्रमुख दृब्यराज जोशी रहेका थिए । कार्यक्रममा नगरप्रमुख साउँदले सहकारी राज्यको एक अभिन्न अंग रहेको बताए । उनले सहकारीले अहिले राज्यले गर्नुपर्ने बिभिन्न दायित्वहरु पुरा गर्दै हिजो आर्थिक अभावका कारण जिवनयापनमा निकै कठानाई भोगिरहेकाहरुको जिवनस्तर सुधार गर्नमा सहकारीको महत्वूर्ण भूमिका रहेको बताए ।

यस्तै कार्यक्रममा उपप्रमुख रत्ना कडायतले जिवनज्योति महिला विकास बहुउद्देश्यीय सहकारीले महिलाका पक्षमा थुप्रै राम्रा कामहरु गरेको बताइन् । उनले हिजो घरको चुलो चौकोमा मात्रै सिमित हुने महिलाहरुलाई आज हरेक संघ संस्थाका निणयात्मक भूमिकामा महिलाको सहभागिता मात्रै नभई अर्थ पूर्ण सहभागिता हुन थालेको बताइन् । उनले अब महिलाहरुले सबै ठाउँमा नेतृत्वदायी भूमिकामा आउनुपर्ने बताइन् ।
संस्थाकी अध्यक्ष सुमित्रा सोवले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने लेखा संयोजक सविना तामाङले आन्तरिक लेखा प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । महिलाहरुले नेतृत्व गरेको ज्योति महिला सहकारीले आर्थिक बर्ष २०७७\०७८ अषाढ मसान्त सम्म आइपुग्दा १३ करोड ७३ लाख ८४ हजार ८ सय ७९ रुपैया बराबरको बित्तिय कारोबार गरेको छ ।
सो संस्थाले गत एक बर्षको अबधिमा ६२ लाख ५६ हजार १ सय ८१ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ । २०५१\५२ साल देखि अनौपचारिक रुपमा बचत संकलन तथा ऋण लगानी गर्दै ०५९ साल कात्तिकको १५ गते औपाचरिक रुपमा स्थापना भएको उक्त सहकारीमा २०७७÷०७८ अषाढ मसान्त सम्ममा १ करोड ६१ लाख ५० हजार रुपैया शेयर पुजी रहेको छ भने २४ सय १८ जना शेयर सदस्यहरु रहेका छन् ।
वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष सुमित्रा सोवले संस्थाले गत आर्थिक बर्ष २०७७÷०७८ मा थुप्रै कामहरु भएको बताइन् । उनले गत बर्ष संस्थागत क्रियाकलापहरुमा शेयर पुँजीमा बृद्धि, बचत संकलनमा बृद्धि, शेयर सदस्यहरुको आयस्तर बढाउन ऋण लगानीमा बृद्धि, तिन बर्षीयय ब्यवासायक योजना पुनराबलोकन गोष्ठी, संस्थाले आफै पेटिकोट तथा सेनेटरी प्याड उत्पादन गरी उपभोक्ता पसल संचालन, मृत्यु राहत वितरण, सुत्केरी पोषण खर्च, सहकारी शिक्षा तथा पोशाक बितरण, आफ्नै भवन निर्माण , शेयर सदस्यहरुलाई शेयर लाभाष वितरण र ११ औँ अन्तराष्ट्रिय महिला दिवस जस्ता कार्यक्रमहरु गरेको बताइन् ।


यस्तै उनले संस्थाका आगामी योजनाहरु पनि सर्बजनिक गरेकी छन् । संस्थाको शेयर सदस्यहरुको संख्या हाल २४१८ रहेकोमा अब २८०० पुञ्याउने , बाल बचतकर्ताको संख्या ११५० पुञ्याउने , दैनिक बचतकर्ता ८७७ वाट बढाएर १४७० पुञ्याउने , २ हजार ऐच्छिक बचतकर्ता पुञ्याइने लक्ष्य रहेको छ । यस्तै हालको शेयर पुजीलाई बृद्धि गरी ४ करोड ४२ लाख ८ सय पुञ्याइने, नियमित बचत लगाएत सम्पूर्ण बचतको कुल रकमलाई बृद्धि गरी १५ करोड पुञ्याइने , कम्तिमा ८८४ जना सदस्यहरुलाई १५ करोड ऋण प्रवाह गरिने र संस्थाको भवनमा सटरहरु निर्माण गरिने योजना र लक्ष्य रहेको अध्यक्ष सोवले बताइन् ।
सो संस्थाको कार्यक्षेत्र गोदावरीका १२ ओटै वडामा रहेको छ । संस्थाकी उपाध्यक्ष लिलावती सिंहले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सचिब सुनिता मल्ल र ब्यबस्थापक क्षेत्रा साउँदले गरेकी थिइन् ।
साथै संस्थाको नव निर्मित भवनको पनि उद्घाटन गरिएको छ । ३५ लाखको लगानीमा बनेको उक्त भवन निर्माण कार्य एक बर्ष पहिले सकिएपनि बार्षिक साधारण सभाको अवसरमा उद्घाटन गरिएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.