Agni Offset Press

माओवादी केन्द्रकाे अध्यक्षमा पुनः प्रचण्ड

Aarati simant

नेकपा माओवादी केन्द्रले आफ्नो अध्यक्ष चयन गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड फेरि माओवादी केन्द्रका अध्यक्ष बनेका छन् । सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो । उनलाई अध्यक्षमा कृष्णबहादुर महराले समर्थन र नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । त्यसपछि केन्द्रीय कमिटीले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले आइतबार २ सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । आइतबार केन्द्रीय सदस्यको नाम प्रचण्डले वाचन गरेर सुनाएका थिए । सोमबार यी सबै सदस्यले सपथ लिएका छन् । सपथपछि प्रचण्ड अध्यक्षमा चयन भएका हुन् । योसँगै अब लगातार ३ दशकभन्दा बढी माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड रहने भएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.