सुदूरपश्चिमबाट समाजवादीले छान्यो शाहलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार

धनगढी : नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशबाट पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ। शाह महिला तर्फबाट उम्मेदवार भएकी हुन्। शाह यसअघि ०७० सालको संविधान सभा सदस्य पनि हुन्।

सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच गठवन्धन भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.