Agni Offset Press

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी दर्ता हुँदै

Aarati simant

अत्तरिया : आज सातै प्रदेशमा राष्ट्रियसभाको रिक्त सदस्यका लागि उम्मेदवारी दर्ता हुँदैछ । यसबीच सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि एमाले एक्लै निर्वाचनमा होमिएको छ भने अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।

यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी ९राजपा०का एक र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को एकजना प्रदेशसभा सदस्य छन् ।

मतभारअनुसार प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा बलियो छ । यहाँ एकीकृत समाजवादीको मतभार ६७२ छ । त्यस्तै माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८–४८ मतभार छ । प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।

स्थानीय तहको कांग्रेसको सबैभन्दा धेरै मतभार छ । कांग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ । स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ । त्यस्तै एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.