जोशीपुर : कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन क्षेत्र नं १ क को आयोजनामा २९९ औ पृथ्वीजयन्ती मनाइने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिदै प्रदेश क सभापति भिमबहादुर बम राष्ट्रिय एकता दिवसको रूपमा पुस २७ गते विविध झाको स्थानीय थारु समुदायको नृत्य प्रमुख आकर्षण रहेको बताए।
सो दिन विद्यालय निःशुल्क फुटबल, भलिबल, ब्याडमिन्टन प्रतियोगिता मा सहभागि गराउने बताए।संघ संस्था क्लब लाइ भने इन्ट्री ५०० रहेको बमले बताए। कार्यक्रम लाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता राजकुमार चौधरीले जनताको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा राष्ट्रको प्रमुख रूपमा राज संस्था आजको आवश्यकता रहेको उनको तर्क छ ।
सम्बन्धित पाेस्टहरु