Agni Offset Press

सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ : कांग्रेस केन्द्रिय सदस्य नैनसिंह महर

Aarati simant

धनगढी, २० पुस : नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । ‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ । कार्यकर्ता पाल्ने, आसेपासेलाई फाइदा दिनबाहेक जनताका आधारभुत आवश्यकता पुरा गराउनतर्फ केन्द्रित भएको छैन’ उनले भने, ‘यो सरकार जनताको अधिकार, विकासको विपक्षमा छ ।’ प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसक्दा रुष्ठ भएको बताए । सरकारको कामकारबाहीबाट जनता निराश भएको उनको तर्क छ । नेता महरले केन्द्रमा पाँच दलिय गठबन्धनको सरकार रहीरहदा सुदूरपश्चिममा प्रदेश सरकारको राणनीति काँग्रेसलाई पेलर अगाडि बढ्ने रणनीति रहेको बताए ।
‘संघमा पाँच दलको गठबन्धनको सरकार रहेको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसकै सभापति रहेका छन’ उनले भने । ‘सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई प्रमुख प्रतिपक्षीमा राख्नु र सरकारमा सहभागिता नगराउनु यो सरकारको दुर्भाग्य हो ।’ उनले आफुले सुदूरपश्चिममा काँग्रेसलाई सरकारमा सहभागि गराउन पटक पटक कुरा राख्ने गरेको बताए ।
नेता महरले आफु राष्ट्रिय योजना आयोगको टोलीसँग प्रदेशका नौ वटै जिल्लामा जाँदा विकासको दृष्टिकोणमा प्रदेश अत्याधिक पछि रहेको पाएको बताए । ‘पश्चिम सेती परियोजना, बझाङको ताक्लाकोट जोड्ने सडक, फास्ट ट्रयाक, पञ्चेश्वर आयोजना, गेटा विमानस्थलको स्तरोन्नति तथा सुदृढीकरण लगायतका योजनाको कार्य यो सरकारले यथाशिघ्र सम्पन्न गर्नुपर्ने छ ।’ उनले गेटा मेडिकल कलेजलाई विश्व विद्यालयमै बनाउनुपर्ने पत्रकार सम्मेलनमा जोड दिए ।
‘मेडिकल कलेजको भौतिक संरचना निर्माण भइसकेका छन । यसलाई प्रतिष्ठान, मेडिकल कलेज वा सुदूरपश्चिम विश्वविद्यालय मातहात सञ्चालन गर्ने भन्ने तीन विकल्पको छलफल भएका रहेछन’ नेता महरले भने । ‘मेरो व्यक्तिगत विचारमा यसलाई छुट्टै मेडिकल युनिभर्सिटी बनाउनुपर्छ । यो नेपालमै पहिलो हुने छ ।’
उनले प्रदेशका सात वटा पहाडी जिल्लाको विकासलाई सरकारले ध्यानमा राख्नुपर्ने बताए । ‘प्रदेशको राजधानी डोटीबाट धनगढी सारिएपछि त्यहा रहेका कार्यालयहरु पनि तराईमै सारिएका छन । त्यहाँ बनेका भौतिक संरचना प्रयोगविहिन छन’ उनले भने । ‘अहिले तराइको विकास भइरहेकाले पहाडको जनसंख्या तराईमै बसाईसराई गरिरहेका छन । पहाडको विकास नभएसम्म बसाईसराई रोक्न सकिदैन ।’

राष्ट्रिय योजना आयेगको टोलिसंगै सुदूरपश्चिम पुगेका महरले जनताहरुले यसपाललिको वेमौसमी बर्षा पर्याएको क्षतिपूर्तिको मागहरु बढी उठाएको जानकारी गराए । यस्तै बाजुराको ताक्लाकोट सडक देखि बाजुराको सदरमुकाम जोड्ने सडकको विषय पनि गम्भिर रुपमा उठाएको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.