Agni Offset Press

निजामती युनियन बाजुराको अध्यक्षमा रावल

Aarati simant

बाजुरा : नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल निजामती युनियन बाजुराको अध्यक्षमा कुल रावल निर्विरोध चयन भएका छन् । मंगलवार भएको निजामति युनियन बाजुराको आठौँ जिल्ला अधिवेशन वाट रावल चयन भएका हुन् ।

अध्यक्ष रावलको संयोगकत्वमा १७ सदस्य कार्यसमिति चयन गरिएको छ । नव निर्वाचित रावल बुढीगंगा नगरपालिका–९ को देवलसैन स्वास्थ्य चौकीमा अहेवको रुपमा कार्यरत रहेका छन् । सोहि अधिवेशनबाट महाधिवेशन प्रतिनिधि पनि निर्विरोध निर्वााचित गरिएका छन् । महाधिवेशन प्रतिनिधिमा तिलक थापा,देवी खत्री, गौरी कान्त संजाल,दुर्गा रोकाया,नर बहादुर हमाललाई चयन गरिएको निजामति युनियन बाजुराले जनाएको छ । राष्ट्र सेवा ,निष्पक्ष तठस्तथा र कर्मचारी एकता भन्ने मुल नाराका साथ आठौँ जिल्ला अधिवेशन मंगलवार बडिमालिका नगपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.