Agni Offset Press

सुदूरपश्चिममा फेरि बढ्यो कोरोना संक्रमण दर

Aarati simant

अत्तरिया, २२ पुस : भारतको दिल्ली, कर्नाटक, गुजरात लगायतका सहरमा कोरोना नयाँ भेरिएन्ट अमिक्रोन संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या पनि बढेको छ ।


कैलालीसंगै जोडिएको गौरीफण्टा नाकामा राखिएको सशस्त्र प्रहरी पोष्टका अनुसार ३ दिन यता दैनिक रुपमा भारत बाट आउनेहरुको संख्या बढेको हो । पुस महिनामा गौरीफण्टा नाकाभएर ६ हजार ५ सय ८ जना भित्रिएका छन् । सुदूरपश्चिम मनाईने माघी पर्वलाई लक्षित गरी पनि धेरै आईरहेका छन् । तीन दिन अगाडि दैनिक २ सय ५० देखि ३ सय आएको तथ्यांकले देखाएको छ । ३ दिन यता दैनिक ३ सय देखि ५ सय सम्म भित्रिरहेको शसस्त्र प्रहरीको तथ्यांकले देखाएको छ । मंगलबार मात्र गौरीफण्टा नाकाबाट ५ सय ४० जना भित्रिएका छन् ।


पछिल्लो ३ दिनमा गौरीफण्टा नाकामा राखिएको स्वास्थ्य हेल्थ डेस्कमा ६० जनामा कोरोना एन्टिजन पोजेटिम पुष्टि भएको छ । हेल्थ डेस्कमा खटिएका ल्याव टेक्निसियन जयराज ढुङगानाका अनुसार पुस १९ गते १ सय ९६ जनाको एन्टिजन टेस्ट भएकोमा ८ जनामा पोजेटिभ देखिएको हो । यस्तै पुस २० गते ३ सय ९५ जनामा एन्टिजन परीक्षण गरिएकोमा २३ जनामा पोजेटिभ देखिएको हो । यस्तै पुष २१ गते २ सय ६५ जनामो एन्टिजन परीक्षण गरेकोमा २३ जनामो पोजेटिभ देखिएको हो ।


एन्टिजन पोजेटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिकाको कनरीमा रहेको आईसुलेसनमा राख्ने गरेको ढुङगानाले बताए । ‘भारतबाट आएको सबै व्यक्तिहरुको कोरोना एन्टिजन परीक्षण हुन्छ’, उनले भने ‘लक्षणसहित भए सेती प्रादेशिक हस्पतालमा लिइन्छ भने । लक्षण नभएकाहरु कनरी आईसुलेसनमा लिने गरेका छ’


गौरीफण्टा नाकामा १८ जनाको टोलि खटाईको छ । २ जना कार्यालय सहयोगी, ३ जना तथ्यांक अपडेट र १४ जना स्वस्थ्यकर्मीहरुको टोलि रहेको छ । स्वस्थ्यकर्मीहरुको टोलि सिफ्ट अनुसार काम गर्ने गरेको छ । पछिल्लो समय सीमा चेक जाँचमा पनि कडाई गरेको छ । भारतको व्याङलोरबाट आएका गौरीफण्टा नाकामा भेटिएका जंगबहादुर बोहराले जत भारतमा स्वास्थ्य क्षेत्रमा कडाई गरको छ । त्यति नेपालमा नगरिएको बताए । उनको घर डडेल्धुराको प्रशुराम नगरपालिकामा हो । ‘भारतमा कोरोना संक्रमण फैलिन नदिनका लागि जुन रुपमा कडाई गरेको छ । नेपालमा त्यति गरेको देखिदैन्’, बोहराले भने । ‘भारतका नागरिक सचेत भएको हुँदा पनि हुन सक्छ । नेपालमा धेरै लापरवाही गरेको देखिन्छ ।’


प्रदेशमा फेरि बढ्न थाल्यो कोरोना
सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना संक्रमण उकालो लाग्न थालको छ । भारतबाट नेपालीहरु फर्कनेक्रम बढेसंगै संक्रमण उकालो चढेको छ । प्रदेशमा बुधबारमात्रै ५५ जना संक्रमित थपिएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ र आरटी पीसीआर विधिबाट नौ गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारमात्रै ४० जना संक्रमित थपिएका थिए । यो संगै सुदूरपश्चिम प्रदेशभरि सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ ।

प्रदेशको कैलालीमा सबैभन्दा बढी ९२, कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझांग, बाजुरा र डडेल्धुरामा एक\एक जना सक्रिय संक्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ५३ जना पुगेपछि त्रास फैलिएको छ । कञ्चनपुरमा परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन् । बाँकी सबै होमआइसोलेशनमा छन् । हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्य आठ हजार ८ सय २३ जना निको भएका छन् । कोरोना संक्रमणका कारण कञ्चनपुरमा २ सय ५ जनाको मृत्यु भएको छ ।


सीमा नाकामै खोप

भारतबाट आएकाहरुलाई गौरीफण्टा सीमामै खोप लगाउने व्यवस्था गरिएको छ । धनगढी उपमहानगरपालिकाले सीमामै कर्मचारी खठाएर मंसिर ९ गतेबाट खोप लगाई रहेको हो । ‘भारतबाट आएका व्यक्तिहरुले खोप लगाएको छैन् भने खोप लगाउने गरेका छौँ’, सीमामा खठाएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले भने । ‘मंसिर मात्र एक हजार ७२ जनाको खोप लगाएका छौँ ।’ सीमा भेरोसिल र एस्ट्राजेने दुवै प्रकारका खोप लगाईरहेको हो । ‘पहिलो खोप लगाएकाहरुलाई दोस्रो खोप र कुनै पनि खोप नलाएकाहरुलाई पहिलो खोप लगाईरहेको हो ।’ पुस २१ गते सम्म एक हजार ४ सय ३४ जनाले खोप लगाएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.