सातै प्रदेशमा राजनीतिक संयन्त्र बनाइने

अत्तरिया : उच्चस्तरीय राजनीतिक समन्वय समितिले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेको छ। आज बसेको समितिको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र बनाउने निर्णयसमेत गरेको छ।

अहिले राजनीतिक समन्वय समितिको संयोजक नेपाली कांग्रेसका रामचन्द्र पौडेल छन्। गठबन्धनमा आबद्ध दलहरूबीच समन्वय र सहकार्यका लागि प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ। देउवा आइतबार चारदिने भारत भ्रमणका लागि जाँदै छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.