Agni Offset Press

लोकतन्त्रका नाममा लुटतन्त्र भएको छ : राप्रपा अध्यक्ष लिङ्देन

Aarati simant

अत्तरिया, २२ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लोकतन्त्रलाई लुटतन्त्र परिणत भईरहेको आरोप लगाएका छन् । बिहीबार धनगढीमा आयोजित सो पार्टीको प्रदेश स्तरीय आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अलिहेका ठूला दलहरु लुटतन्त्रको विरोध गर्दा आतिएर राप्रपा प्रतिगमनको प्रचार गरिरहेको बताए । अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको उनको आरोप छ । राप्रप लोकतन्त्रप्रति पूर्ण वफादार भएको उनले बताए । ‘राप्रपा लोकतन्त्रप्रति पूर्ण वफादार रहेको छ । तर, लोकतन्त्र र गणतन्त्रको नाममा भईरहेको लुटतन्त्र सहेर बस्नेवाला छैन् ।’


काँग्रेस र कम्युनिष्ट मिलेर देशलाई ३३ बर्ष देखि बन्धक बनाईको उनको आरोप छ । ‘यसो सबै तिर हेर्दा सामान्य जस्तो लाग्छ, प्रदेशस्तरी सभालाई सम्बोधन गदैँ उनले भने । ‘तर, सामान्य अवस्था छैन् । ३३ बर्ष देखि देश काँग्रेस, कम्युनिष्टको हातमा बन्धक छ ।’, उनले भने । ‘काँग्रेस र कम्युनिस्टको विकल्प खोज्न आवश्यक भएको उनले बताए । ‘अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बद्ला लिने मौका आएको छ’ उनले भने । अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको दावी गरे । उनले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे । ‘हामीले देशको लागि राजतन्त्र र हिन्दूराष्ट्रको कुरा उठाएको हो’, उनले भने, ‘भोटको लागि होइन ।’


ठूलो बनाउँदा दलहरुले राजनीतिलाई पेशा जस्तो बनाएको उनको आरोप लगाए । ‘राजनीतिलाई पैसा कमाउने सजिलो माध्याम बनाएका छन्’, उनले भने । ‘भ्रष्ट्राचार माथि देखि तलसम्म संस्थागत भएर गएको छ ।’ भष्ट्राचार भएको काण्डहरु ललिता निवास जग्गा प्रकरण देखि वाइडबडी सम्म देशका सबै ठूला राजनीति दलहरुको संलग्ता रहेको उनको भनाई छ । ‘यसले गर्दा यो भष्ट्राचार काण्डमा निर्णय गर्ने ठाउँमा प्रधानमन्त्री, मन्त्रीहरुलाई कारवाही बाट चोखिने र चोख्याउने काम भईहरको छ’, उनले भने । अहिले केहि कर्मचारीहरुलाई कारवाहीको नाटक गरेर राजनीतिक दलहरुका नेताहरुलाई उन्मुक्ति दिने काम भईहरहेको उनले बताए । राप्रपाले भर्खरी सम्पन्न भएको महाधिवेशनबाट नेतृत्व परिर्वतन गर्यो यसरी देशको राजनीतिमा ध्रर्विकरण गरेर छाड्ने अध्यक्ष लिङदेनले बताए । ‘देशलाई हिन्दुराष्ट्र चाहिनेहरु राप्रपा तर्फ आकर्षण भएका छन्’, उनले भने ।


राजनीतिलाई पेशा बनाएर परिवारलाई जागिर दिनेहरु विस्तारै पाखा लाग्ने उनको तर्क छ । देशलाई माया गर्नेहरु राप्रपा आउनुस् आह्वान समेत उनले गरे । ‘देश विग्रियो भने कुनै नेताहरुको भविष्य विग्रिने छैन्’, उनले भने । ‘युवाहरुको भविष्य पक्कै पनि विग्रिने छ । यसमा एक पटक सोच्नुहोस् ।’ उनले अहिलेका ठूला राजनीतिक दलहरुले देशमा कुनै पनि कार्य गर्न नसकेको ठोकुवा गरे । ४ बर्षमा ५ हजार युवाहरुले रोजगार पाउने उद्योग समेत खोल्न नसकेको राजनीति दलबाट जनताले विकास कुनै पनि आश नरहेको उल्लेख गरे । राप्रपाको आमसभामा पार्टीका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनी, महामन्त्रीद्वय डाक्टर धवलशमशेर राणा र भुवन पाठक, पूर्वमन्त्री जयन्त चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी लगायतका नेताले सम्बोधन गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.