जोशीपुर, २५ पुस : हिन्दु धर्मालम्बीहरुको महान पर्ब माघे संक्रान्तिको पावन अवसरमा बाँणेश्वर बाबा मन्दिरको संरक्षण सम्बद्र्धन र प्रबद्र्धनका निमित्त पुस ३० गते रात्री माघि मेला लाग्ने छ ।
यहाँ आदिमकाल देखि माघी मेला लाग्ने गर्दछ । पौराणिक धार्मिक मान्यता रहेको यस क्षेत्रमा स्वदेशी तथा विदेशी तिर्थ यात्रीहरुको भिड हुने गर्दछ । थारु जातीको नयाँ वर्षको रुपमा मनाईने माघी पर्व धार्मिक मूल्य मान्यतासँग जोडिएको छ । शुद्ध मनले मागेका मंनत पुरा भएको यस ठाउँको मुल्यमान्यता यस ठाउँका पुर्खाहरु बताउँछन् । यसक्षेत्रले भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । यस ठाउँमा स्वतस्फुर्त रुपमा आदिमकाल देखि शिव लिंग प्रकट भएको र श्रद्धालु भक्तजनहरुका आस्नानका लागि परापुर्वकाल देखिको कुँवा रहेको छ ।
नजिकै प्रख्यात धार्मिक स्थल कुट्नी माताको मन्दिर पनि रहेको छ । जहाँ पाईला टेक्ने वित्तिकै सुख शान्तिको आभास हुने मुल्यमान्यता रहेको विश्वास गरिन्छ । विशेष गरि मागेको ईच्छा पुरा हुने हुँदा यस ठाउँमा टाढाटाढाका श्रद्धालु भक्तजनहरु माघी अस्नानका लागि आउने गर्दछन् । मेलामा भिबिन्न किसिमका थारु समुदायका परिकार र सांस्कृतीक नाचहरु प्रदर्शन गरिने श्री बाणी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छोटेलाल चौधरीले बताए ।