Agni Offset Press

नेकपा एमाले कैलालीको अधिवेशनस्थलमा नाराबाजी

Aarati simant

धनगढी,२५ पुस : नेकपा एमाले कैलालीको अधिवेशनस्थलमा नाराबाजी चलेको छ । निर्वाचन समितिले समयमै मतदान सुरु नगरेको भन्दै प्रतिनिधीहरुले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित तोडफोड गरेका हुन्।

दुई पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि आज बिहानदेखि मतदान गर्ने तालिका थियो। तर निर्वाचन समितिले आवश्यक तयारी पूरा नगर्दा मतदान सुरु हुन नसकेको हो। एमाले कैलालीको अध्यक्षमा रणबहादुरचन्द र रतन थापाले उम्मेदवारी दिएका छन्। उनीहरुले प्यानल नै चुनावी मैदानमा उत्रेका छन् । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। सार्वजनिक नामावली अनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ।

उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ। सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ।

१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। खुल्ला तर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५र५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्। दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ। राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.