धनगढी लेडि जेसिजमा : सरस्वती खडका

धनगढी : धनगढी लेडि जेसिज बर्ष २०२२ का लागि सरस्वती खडकालाई अध्यक्षमा चयन भए संगै शनिबार पदस्थापन कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ ।
शनिबार बर्ष २०२१ की अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब मन्त्री एवं प्रतिनिधि सभा साँसद नारद मुनि रानाको प्रमुख आतिथ्यता एवं लोक गायक सुरत रावत डोटेली कान्छाको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। अध्यक्ष श्रेष्ठले धनगढी जेसिज २०२२ का लागि अध्यक्षमा चयन हुनु भएकी सरस्वती खड्कालाई पद हस्तान्तरण गर्नु भएको थियो ।
धनगढी लेडी जेसिज बर्ष २०२२ का लागि कानुनी सल्लाहकारमा प्रमिला लम्साल , कार्यकारिणी उपाध्यक्षमा सुशिला निरौला र मञ्जु चन्द , महासचिवमा मिना भट्ट ,कोषाध्यक्ष रिजवान खातुन, उपाध्यक्षमा शिवा शाह, निता चौधरी,निर्मला भट्ट र जयन्ती पाण्डेय ,तालिम संयोजकमा मिना खाती,शाखा सम्पादकमा मेलिना क्षत्री , बुद्धि संयोजकमा रेवती देउवा ,प्रकरण निर्देशकमा सरिता साउँद , जनसम्पर्क अधिकारीमा स्मृति झा, कोष वृद्धि संयोजकमा मिना राना, सह(सचिवमा यशोदा जोशी ,संघ र संस्था संयोजकमा रोजिना जोशी ,युवा संयोजकमा कञ्चन कडायत चयन भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.