Agni Offset Press

एमाले कैलालीका नयाँ नेतृत्वका लागि भएको मतदानमा ५८९ मत खस्यो

Aarati simant

अत्तरिया : नेकपा एमाले कैलालीका नयाँ नेतृत्वका लागि सोमबार भएको मतदान सम्पन्न भएको छ । विहान ९ बजे देखि सुरु भएको मतदान सुरु भएको थियो । मतदानमा ५८९ मत खसेको छन् । छ सय ९ प्रतिनिधिमा सो मत खसेको हो । मतगणना आजै राति बाट हुने निर्वाचन टोलिले जनाएको छ ।
अध्यक्ष सहित १५० पदका लागि ३ सय २९ जना चुनावी मैदानीमा उत्रेका छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी परेको थियो ।
जिल्ला अध्यक्षमा विगतदेखि नै एमाले पृष्ठभुमी भएका दुई नेताबीच प्रतिस्पर्धा भइरहे पनि चुनावमा पूर्वमाओवादीविरुद्ध एमाले एक ठाउँमा देखिएको छ । माओवादी छाडेर एमाले रोजेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले अध्यक्षमा थापालाई सहयोग गरेका छन् ।
उनको प्यानलबाट सचिवमा पूर्वमाओवादीका दानबहादुर बिक चुनावी मैदानमा छन् । भट्टले आफ्ना स्वकीय सचिव हितेश ओझालाई पनि थापा प्यानलबाटै चुनाव लडाएका छन् । भट्टसंगै एमाले सुदूरपश्चिमका सहइञ्चार्ज कर्ण थापाले पनि थापा प्यानललाई नै सहयोग गरेका छन् । केन्द्रीय सचिव भट्ट पक्षधरका रतन थापाविरुद्ध एमालेका नारदमुनी राना, झपट रावल, लिला भण्डारी, कमला वली, दीपक देवकोटा लगायतका नेताले मोर्चावन्दी गरेका छन् । उनीहरुले चन्द प्यानललाई साथ दिएका छन् । त्यो प्यानललाई एमालेका पूर्व उपाध्यक्ष भीम रावलको पनि साथ छ ।

उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । सचिवमा दानबहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुल्ला तर्फ १२ महिना निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना, ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ । ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५÷५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ २ जना निर्वाचित भइसकेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.