एमाले कञ्चनपुर अधिवेशन : ‘पातल’ र विष्ट समूहको भिडन्त

अत्तरिया : नेकपा एमालेको कञ्चनपुर जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न आज(मंगलबार) निर्वाचन हुँदै छ। बिहान ११ बजे चुनावी कार्यक्रम सुरु गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत पुष्पराज ओझाले जानकारी दिए।

वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्ट प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेश कमिटीले सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिएका छन्। सहमती नजुटे चुनाव गर्नु पर्ने भए प्यानल नबनाउन सर्कुल जारी गरिएको छ।
सर्वसम्मत नेतृत्व छान्न लामो समय छलफल भए पनि आकांक्षीबीच सहमति नजुटेपछि निर्वाचनबाट नेतृत्व छान्न लागिएको हो।
निर्वाचन अधिकृत ओझाका अनुसार अध्यक्षमा थापा र विष्टको उम्मेदवारी परेको छ।

यस्तै थापाको प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोक चन्द, उपसचिवमा ईश्वरा कुँवर र शेरबहादुर चन्द उम्मेदवार छन्। सचिवका उम्मेदवार चन्दले यसअघि अध्यक्षमा दाबी गरेका थिए। विष्टको प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.