राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
प्रधान मन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने बुझिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।