Agni Offset Press

मोबाइल चोर्ने प्रहरी निलम्बित

Aarati simant

धनगढी : मोबाईल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । धनगढी स्थित ग्लोबल मोबाईल हाउसबाट उनिहरुले मोबाईल चोरेको सीसी टिभि फुटेज बाहिरिएपछि शुक्रबार दुई प्रहरी लाई हिरासतमा राखिएको थियो । निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल रहेका छन् ।

निलम्बन भएका दुवै जना बिरुद्ध मुद्धा दर्ता गरिएको र ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए । लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरी लाई १ ग्राम ५ सय ५० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.