अत्तरिया : कञ्चनपुरमा माटरसाईकल र अटो रिक्सा एकआपसमा ठोक्किदा अटो चालकको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन । बुधवार जिल्लाको पुनर्वास नगरपालिका ३ माईली बजारमा दुर्घटना भएको हो ।
बेलौरी बाट धनगढी जादै गरेको लु. २ स ००८१ नम्बरको अटो रिक्सा र विपरीत दिशाबाट आईरहेको से। १ प ७६४४ नम्बरको मोटर साईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी अटोरिक्सा चालक पुनर्वास न।पा। ८ क गाउँ का ३५ बर्षीय राजेन्द्र सुनार ९मिजार० को उपचारका क्रममा मृत्यु भएको हो । धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरका प्रहरी निरीक्षक कैलाशसिँह बिष्टले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाईकल चालक पुनर्वास न। पा। १ गणेशबस्ती बस्ने ३० बर्षीया रामभजन राना, मोटर साईकलमा सवार सोहि ठाउँका ३२ बर्षीया राधेश्याम राना, अटोमा सवार बेलौरी न। पा। १० भुडाका १३ बर्षीया बालक आकाश बिक, सोहि ठाउँका १२ बर्षीया आशिष बिक, सिद्धला बजार नगरपालिका ८ बर्दियाका ३२ बर्षीया रघुबीर सुनार, १४ बर्षीया करुणा सुनार र पुनर्वास न.पा. ८ खडडाका ७० बर्षीया पार्बती सुनार घाईते भएका छन ।
घाईते मध्ये आकाश बिक र राम भजनको अबस्था गम्भीर रहेको छ । घाईते द्वयको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु