कैलाली : सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहरा ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) मृत फेला परेका छन् । पीएसओ रमेशदत्त जोशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीका अनुसार उनी धनगढी वडा नम्बर ३ गुरु द्वार मार्गस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।
उनी थाईराइण्डको विरामी पनि भएको र ५ दिन अघि कोरोनाको बुस्टर डोज पनि लगाएको उनले बताए । हवल्दार जोशीको दरबन्दी भने धनगढी गणमा हो ।
‘आईतवार मन्त्रालय आउनुभएको थियो । ज्वरो आएको भन्नु हुन्थ्यो, राज्यमन्त्री माया तामाङ बोहरा भनिन्, ‘मंगलवार फोन सम्पर्क गर्दा रिसिव भएन ।’ घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।