गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं ५ घर भएका ६२ बर्षीय पुरुषको मृत्यु भएको हो ।
माघ ११ गते कोरोना पुष्टि भएका उनको सेती अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो । उनको बिहिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।