अत्तरिया : धनगढी–अत्तरिया छ लेन सडकमै सरकारी गाडी पार्किङ गरेपछि कैलाली ट्राफिकले ह्विललक लगाइ दिएको छ । सुर्नया गाउँपालिकाको से १ झ २८७ नम्बरको गाडी बिहिबार बिहान धनगढी–अत्तरिया छ लेन सडकको चौराहामा सडकमै पार्किङ गरेपछी ह्विललक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।
ट्राफिक नियम सबैलाई बराबरी भएको बताउदै प्रहरी निरीक्षक सिंहले ५ सय रुपैया जरिवाना गरेर उक्त गाडी छाडिएको बताए ।