बाजुरा : बाजुरा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता प्रेमबहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको हो । थापालाई नगर कार्य पालिकाको निर्णय पुस्तिका च्यातेको र कर्मचारी प्रशासन तथा जनप्रतिनिधी माथि अभद्र व्यवहार गरेको उजुरीका आधारमा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देवेन्द्रराज जोशीले बताए ।
उनका अनुसार प्रहरीमा वडा नम्वर ७ का अध्यक्ष प्रेमबहादुर थापा र ९ का अध्यक्ष वीरबहादुर विष्टको नाममा उजुरी दिइएको बताए । विष्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुई जनाको नाममा उजुरी छ, एक जना मात्र प्रक्राउ गरिएको र एक जनाको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक जोशीले बताए। माघ १० गते को कार्यपालिका बैठकको निर्णय दिन थापा र विष्ट सहीत ६ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह सहितलाई धम्की दिएको स्रोतको दाबी छ ।
नगर प्रमुख रामसिंह रावलले एकलौटी निर्णय गरेको आरोपमा ६ जना वडा अध्यक्षले ११ गते कार्यालयमा तालाबन्दी सहीत विज्ञप्ती जारी गरेका थिए । त्रिवेणी नगरपालिकाका नगर प्रमुख हाल नेपाली काँग्रेस बाजुराका सभापति पनि हुन् । प्रक्राउ परेका थापा र प्रहरीले खोजी जारी राखेका विष्ट पनि काँग्रेसबाटै जितेका वडा अध्यक्ष हुन् । नगर प्रमुख रावल पौडेलपक्षबाट पाटी सभापतिको चुनाव जितेका हुन् । भने विष्ट र थापा देउवा पक्षका हुन् । ।
सम्बन्धित पाेस्टहरु