Agni Offset Press

कञ्चनपुरका कोरोना संक्रमितको धनगढीमा मृत्यु

Aarati simant

कञ्चनपुर : कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्थायी कोरोना अस्पताल धनगढीमा उपचाररत भीमदत्त नगरपालिका–८ तिलाचौरका एक ७५ बर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कैलालीका अनुसार गत पौष २७ गते मोटरसाइकलबाट लडेर घाईते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए । त्यसपछि यही माघ ७ गते परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमित भएपछि उनको अस्थायी कोरोना अस्पताल धनगढीमा उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.