
धनगढी : कैलालीको धनगढी उपमहानगरपलिका–८ मोतीचोक बस्ने समाजसेवी धुर्व सिंहले आफ्नो जन्मदिनको अवसरमा क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–१ छापरी बस्ने स्व. माधपसिंह कुँवर र आमा पार्वती कुँवरकी छोरी ब्लड क्यान्सर पीडित ममता कुँवरलाई आर्थिक सहयोग गरेका हुन् ।
जन्मदिनमा फजुल खर्च गर्न भन्दा समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्नु उपयुक्त ठानेर पाँच हजार एक सय रुपैयाँ सहयोग गरेको सिंहले बताए ।
परोपकारी भावना भएका सिंहले फजुल खर्च गरेर जन्मदिन मनाउने संस्कार गलत भएको बताए । ‘सानो भए पनि समस्यामा परेकाहरुलाई सहयोग गर्नु राम्रो हो’, सिंहले भने । ‘जन्मदिनमा अनावश्यक खर्च गर्नु यस प्रकारका कार्य गर्नु नै मानवीय धर्म हो ।’
जन्मदिनमा समस्यामा परेकाहरुलाई सहयोग आफ्नो धर्मपत्नी चन्द्रादेबी सिंहले पनि हौसल्ला दिएको उनले बताए । १८ वर्षीय ममता कुँवर शिक्षरण अस्पताल काठमान्डौंमा तीन महिना देखि उपचारत रहकी छन् ।
आर्थिक अवस्था कमजोर भएकी ममताले बुवा गुमाएको १९ बर्ष भन्दा बढी भईसकेको हुँदा उपचारमा समस्या भएको ममताकी आमा पार्वतीदेवी कुँवर गुनासो छ । उनका छोरीलाई ब्लड क्यान्सरले समातेपछी अब संसार आफुसँग कोही पनि नभएको महसुस भएको बताईन । छोरीको उपचारको लागि कम्तिमा २५ लाख खर्च लाग्ने भनेपछी आफुलाई पैसाको धेरै समस्या भएको उनले बताईन् । आर्थिक सहयोग गर्न इच्छुकले उपचारमा सहयोग पु¥याउन पार्वती देवी कुँवरको मोबाईल नम्बर ९८४८८५६६५२ र क्यान्सर पीडितकी आन्टी दाई गौरी देवी लोथ्याल मोबाईल नम्बर ९८६४९९३९१० धनगढी शाखामा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नवम्बर ४१७०१०००३२००८०१० मा रकम जम्मा गर्न सक्किने छ ।
सिंह बाजुरेली सेवा समाजका कोषाध्यक्ष धनगढीको डिसलाइट बोडिङ्ग स्कुलका प्रिन्सिपल समेत हुन् । पछिल्लो समय आफ्ना जन्मदिनहरु वेसाहाराहरुलाई सहयोग गर्नेक्रम बढेको छ ।
