धनगढीमा घरमै मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना भएको पुष्टि

धनगढी : माघ १२ गते धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका थिए।

मृत्युपछि पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण समेत गरिएकाले उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए। उनी मृत्युपूर्व बिरामी थिए, साथै कोरोनाको लक्षण समेत देखापरेकाले परीक्षण गर्न लगाएका थियौैं। शुक्रवार उनको रिपोर्ट पोजेटिभ आयो’ उनले भने। मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि पठाइएको समेत प्रहरी नायब उपरीक्षक जोशीले बताए।

‘अब सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्नेछ। हामीले अनुसन्धान जारी राखेका छौं’ उनले भने। प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए। जोशीको दरबन्दी धनगढी गणमा थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.