
अत्तरिया : प्रेस सेन्टर नेपाल कैलालीले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई मास्क वितरण गरेको छ । कोरोनाकालमा अग्रपंत्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई सेन्टरले शनिबार मास्क वितरण गरेको हो ।
प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेजराज भट्टले पत्रकारहरुले कोरोनाको बेला पनि जोखिम मोलेरै रिपोर्टिङ गर्नुपर्ने बाध्यतालाई ध्यान दिँदै स्वास्थ्य सुरुक्षाका लागि मास्क वितरण गरिएको बताए । सेन्टरका अध्यक्ष भट्टले नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीलाई मास्क उपलब्ध गराएर वितरण कार्यको सुरुवात गरे । अध्यक्ष जोशी लगायत धनगढीका सम्पूर्ण क्रियाशील पत्रकारहरुलाई मास्क वितरण गरेको हो ।
