Agni Offset Press

स्थानीय निर्वाचन जेठ मसान्तसम्ममा गर्ने सत्ता गठबन्धनमा सहमति

Aarati simant

काठमाण्डौँ : सत्ता गठबन्धन दलहरूबीच ०७९ सालको जेठ मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन जेठ मसान्तसम्ममा गर्नेगरी तयारी गर्न सरकारलाई सुझाव दिएको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि उक्त जानकारी दिएका हुन् । स्थानीय तहको निर्वाचनलाई लिएर बालुवाटारमा शनिबार साँझ कानुनविद्हरूसहित गठबन्धनको बैठक बसेको थियो ।

निर्वाचन जेठमा नगरी सार्ने विषयमा गठबन्धनभित्र यसअघि छलफलसमेत भएको थियो । तर, कानुन व्यवसायीदेखि सत्तारूढ गठबन्धनमा पनि निर्वाचन सार्ने विषयमा एकमत हुन सकेन । शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारलाई ५ जेठअघि नै निर्वाचन गर्न पत्रमार्फत दबाब दिएकी थिइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.