Agni Offset Press

कञ्चनपुरमा घरायसी विवादका कारण छोराले गरे आफ्नै बुवाको हत्या

Aarati simant

कञ्चनपुर : कञ्चनपुरमा छोराले बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका– २ कंज गाउँका २२ वर्षीय राम विलास रानाले आफ्नै ४० वर्षीय बुवा ठग्गु रानालाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

आइतबार राति १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । हत्याको सूचनापछि तुरुन्तै आरोपित छोरालाई पक्राउ गरिएको छ ।

घरायसी विवादका कारण राम विलासले ठग्गुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ । भने आरोपितमाथि थप अनुसन्धान कार्य भइरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.