सुदुरपश्चिममा थप ४१३ जनामा संक्रमण पुष्टि
अत्तरिया ,१७ माघ : सुदूरपश्चिम प्रदेशमा थप ४ सय १३ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ३६ जनाको एन्टिजेन र ३ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ४१३ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये ४६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ६ सय ९८ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरुमध्ये ८७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।