कैलालीमा विप्लव कार्यकर्ताले दले सहायक वन अधिकृतलाई कालोमोसो

अत्तरिया : कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चन्दा नदिएको झोकमा जिल्लाको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई सोमबार दिउँसो कालोमोसो दलेका हुन् ।
आफुलाई विप्लवको कार्यकर्ता भनेर परिचय गराएका व्यक्तिले आफु माथि दुव्र्यवहार गरेको पण्डिले जानकारी दिएका छन् । केही समय अगाडि उक्त सव डिभिजन अन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।
सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए ।
सुदूरपश्चिम प्रदेश अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेशसभा सदस्य हर्क कुँवरसहितको टोलीले सामुदायिक वनमा अनुगमन गर्दा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले विप्लवको चन्दाबाट आफूहरु आजित बनेको बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.