Agni Offset Press

पश्चिमी वायुको प्रभाव बढ्दै, आज केहि ठाउँमा वर्षाको सम्भावना

Aarati simant

अत्तरिया : आज देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको हो ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा भने हिमपातको सम्भावना रहेको छ । आज राति पनि प्रदेश–१, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार बुधबार रातिबाट फेरि पश्चिमी वायुको प्रभाव बढ्ने सम्भावना रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.