अत्तरिया : पछिल्लो समय सामाजिक सञ्जालले गर्दा विभिन्न क्षेत्रहरु भाईरल भइरहेका छन् । डोटीको बुडर झरना सामाजिक सञ्जाल टिकटकले गर्दा आन्तरिक वाह्य वर्यटकहरु तान्न सफल भयो । त्यहाँ गर्मी छल्नका लागि सुदूरपश्चिम लगायत विभिन्न ठाउँका पर्यटकहरु पुगे ।
सुदूरपश्चिममा धेरै प्रचार नभएका नाम नसुनेका पर्यटकीयस्थलहरु पनि छन् । यस्तै झरना हो कैलालीको गोदावरी नगरपालिका–४ गाँजरीमा रहेको ‘गाँजरी झरना’ । यो झरना चुरेको फेदमा अवस्थित भएको हुँदा चारैतिर पथर पथरै रहेका छन् । सुन्दर शान्ति रहेको ‘गाँजरी झरना’ पर्यटक लागि उत्कृष्ट छ ।
तराईबाट नजिकै रहेको यो झरना प्रचारप्रसार नहुँदा ओझेलमा जस्तै छ । कैलालीका लागि ‘गाजरी झरना’ एउटा भर्जिन गन्तव्य हो । ‘पछिल्लो सयम मानिसहरु एकै ठाउँमा दोहो¥याएर जानु भन्दा पनि फरक–फरक स्थानको भ्रमण गर्न रुचाउँछन्’ एमाले युवा नेता तथा गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रविन्द्र रोकामगरले भने । ‘नयाँ गन्तव्यको रस स्वादन गर्न इच्छुकको लागी भर्जिन गन्तव्य गाँजरी झरना छ ।’ उनले झरना पुगेपछि आनन्द मशुस हुने गरेको बताए । ‘गाँजरी गाउँ रहेको छ । गाउँको ठीक तल झरना छ’ रोकामगरले भने । ‘त्यो गाउँकै नाममा गाँजरी झरना नाम रहेको हो ।’ वरिपरि शान्त, सुन्दर र हरियाली जंगलका बीच आफ्नो छुट्टै अस्तित्व रहेको उनले बताए । ‘तीन घण्टा लगाएर बुडर पुग्छन् । तर, तराईबाट नजिकै रहेको यो झरना अझ सुन्दर र बाह्रै महिना पानी बगी रहने झरना हो ।’ आन्तरिक तथा वाह्य पर्यटकका लागि सबै भन्दा उपयुक्त ठाउँ रहेको उनले बताए । ‘गाँजरी झरना’ हाटखोलि भन्दा केहि माथि रहेको उनले बताए । ‘गाँजरी झरना’ पिकनिकस्पट बन्ने उनको भनाई छ । लगभग सय मिटर लामो यो झरनाको मजासँगै आगन्तुकले अन्य साना ठूला २–३ वटा झरनाको पनि अवलोकन गर्न सक्नेछन् । चटानै–चटान रहेको हुँदा गर्मीयाममा अझै बढी आनन्द लिन सकिन्ने उनले बताए ।
धनगढी र अत्तरिया नजिकका आगन्तुकहरु विशेष रूपमा यस झरनामा पुगेर गर्मी भुलाउने सबै भन्दा उपयुक्त माध्यम बन्ने स्थानीय भगरथ बुढामगरले बताए । ‘गाँजरी झरना धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण क्षेत्र छ’, उनले भने । ‘यातायातको सहज पहुँच भएमा पर्यटकहरुको भिड लाग्ने छ ।’ गोदावरी नगरपालिकाको मध्यविन्दु अत्तरिया चौकबाट ७ किलोमिटर पुर्वमा पर्ने स्याउलेबजार बाट २० किलोमिटर उत्तर हाटखोली हुँदै चेप्टे खोला र त्यहाँ बाट आधा घण्टाको उकालो पैदल यात्रापछि गाँजरी झरना पुग्न सकिन्छ ।
गाँजरी झरनाको पर्यटकीय सम्भावनालाई लक्षित गरी गोरेटो बाटो निर्माण गरिएको गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम भण्डारीले बताए । ‘चौकीगडा भन्दा केहि माथि गाँजरी झरना रहेको छ’ उलने भने । ‘सडकबाट गोरेटो बाटो भएर जानुपर्छ’ बुडर झरना भन्दा सुन्दर रहेको उनले बताए । हाटखोलि बल्देगडाबाट गएमा सहजै झरना पुग्न सकिन्ने उनले बताए ।
गोदावरी नगरपालिका–४ मा रहेको हाटखोलिमा पनि गर्मीयाममा धेरै आन्त्रिक तथा वाह्य पर्यटकहरु पुग्ने गर्छन् । डोटीसँग जोड्ने धनगढी–दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न जाने पर्यटकको संख्या गर्मीमा धेरै हुन्छन् ।