
अत्तरिया : नेकपा एमाले गोदावरी नगर कमिटीले पद तथा गोपनीयताको शपथ लिएको छ । पार्टी कार्यालय अत्तरियामा नवनिर्वाचित नगर कमिटिका पदाधिकारी तथा सदस्य गरी ४६ जनाले बुधबार सपथ लिएका हुन् ।
निर्वाचित पदाधिकारीहरुलाइृ निर्वाचन मण्डलका अध्यक्ष समेत रहेका एमाले जिल्ला अध्यक्ष रतन थापाले सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । मंगलबार सम्पन्न नगर अधिबेशनको बन्द सत्रबाट गोकर्ण भट्टको अध्यक्षतामा नगर कमिटी चयन गरिएको थियो । कमिटीको उपाध्यक्षमा बल बहादुर चौधरी, सचिवमा जिवन कुमार शाह, उप– सचिवमा महाविर बिक र राधा जोशी चयन भएका थिए ।
। नगर कमिटि सर्वसम्मत चयन गरेको हो । एमाले नगर अधिबेशनको उद्घाटन कार्तिक १५ गते गरिएको थियो । उद्घााटन सत्रको दोस्रो दिन नै नगर कमिटी चयनका लागि बन्द सत्र बसेको भए पनि सहमति हुन नसक्दा अनिश्चित कालका लागि स्थगित भएको थियो ।
