अत्तरिया : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भईरहेको छ ।
डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी जनाएको छ । यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दा समेत चिसो कम हुन सकेको छैन। व