धनगढी : एमाले निकट अनेरास्ववीयु कैलालीले सरकारी गाडी चल्न रोक लगाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववीयु आन्दोलित छ ।
आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार अनेरास्ववियु कैलालीले शुक्रबार सरकारी गाडी चल्नमा अवरोध गरेको हो । विरोध कार्यक्रमको अवज्ञा गर्ने सरकारी गाडी चल्न रोक लगाएका अनेरास्ववीयु कैलालीका संयोजक किशोर शाहले बताए । उनले अनेरास्ववीयुको केन्द्रीय कमिटीको निर्देशन बमोजिम जिल्लामा विरोधका कार्यक्रम सञ्चालन भइरहेको बताए ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले यसअघि बुधबार धनगढीमा विरोध प्रर्दशन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका थिए । अनेरास्ववीयुले सरकारी गाडी सञ्चालनमा रोक लगाएपछि धनगढीको सुरक्षा अवस्था कडा पारिएको छ ।