Agni Offset Press

बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना हुंदा सहचालकको मृत्यु

Aarati simant

बझाङ : बझाङमा हिँउमा ट्याक्टर चिप्लिएर दुर्घटना भएको छ । जिल्लाको थलारा गाँउपालिका–३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका२ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सु प प्र ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको हो । निरन्तरको हिमपातका कारण उद्धारमा समस्या भएको प्रहरीले बताएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.