Agni Offset Press

आज बेलुकाबाट मौसममा सुधार आउने

Aarati simant

अत्तरिया : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज (शनिबार) बेलुकादेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । आइतबार घाम लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

आज दिउँसो देशका प्रदेश(१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.