अत्तरिया : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए ।
आफू माओवादीमा प्रवेश गरेसँगै सिंहले आफ्ना करिब सातसय नेता–कार्यकर्तालाई माओवादीमा ल्याउने संयोजक मानसिंहको विश्वास छ । सिंह जसपाअघि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए । उनी डडेल्धुरा अस्पताल डडेल्धुराका पूर्व–अध्यक्षसमेत हुन् ।