अत्तरिया : केही दिनयताको लगातारको हिमपात र वर्षापछि आजदेखि मौसममा सुधार आउने भएको छ । पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
‘आइतबारदेखि दुईरतीन दिन मौसम सुधार हुने र बुधबाररबिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ,’ उनले भनिन् ।
मौसमविद् मानन्धरका अनुसार राति प्रदेश–१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।