Agni Offset Press

धनगढीमा मनाईयो प्रेस चौतारी नेपालको स्थापना दिवस

Aarati simant

धनगढी : प्रेस चौतारी नेपालले स्थापना दिवस मनाएको छ । चौतारीको कैलाली शाखाले शनिबार २४ औँ स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज हेमन्त पौडेल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले पत्रकार कसैको दबाव र प्रभावमा नपरी सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय पत्रकारितामा पनि केही विकृति फैलन थालेको भन्दै जनतालाई सुसुुचित गराउनु पत्रकारले आफनो सिद्वान्त भुल्न नहुने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दिलबहादुर छत्यालले पत्रकारीता विश्वासिलो बनाउनुपर्नमा जोड दिए । उनले पत्रकार र पत्रकारीताको व्यवसायीक सुरक्षा भौतिक तथा शारीरिक सुरक्षाका सवालमा सम्पूर्ण संगठन र महासंघले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । पेशालाई मर्यादित बनाउँदै आचरण व्यवहारमा समेत सुधार गदँै जानुपर्ने उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष योगेश रावलले सबै संगठनबाट अपेक्षा र विश्वास गरेको बताए । स्वच्छ, व्यवसायिक र निस्पक्ष पत्रकारिता गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले संगठीत पत्रकारहरुले आफनो पहिचानको प्रदर्शन गर्नुपर्ने बेला आएको बताए । दलगत पहिचान नभई समाजलाई अघि बढाउन लाएकको पहिचान दिन अहिलेको पत्रकारिताको आवश्यकता भएको उनले बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज गोविन्द रोस्यारा, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालगायतले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उनीहरुले पत्रकारहरुले बैचारिक धरातल फरक भएपनि पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
उनीहरुले श्रमजिवी पत्रकारहरुको हक अधिकार, पेशागत सुरक्षा, व्यवसायिकताको सवालमा एकजुट हुनुको विकल्प नरहेको बताएका हुन् । प्रेस चौतारी नेपाल कैलालीका सदस्य कृष्णप्रसाद ओझाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन चौतारीका सदस्य जनक बिष्टले गरेका थिए । कार्यक्रम चौतारीका कैलाली संयोजक भानुभक्त आचार्यको अध्यक्षतामा भएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.