अत्तरिया : हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सुचारु भएको छ । बिहिबार राति देखि अवरुद्ध बनेको सडक निरन्तर हिमपातपछि राजमार्गमा गाडीहरु थन्किएका थिए ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) देवेन्द्र पालले जानकारी दिए ।
हिमपात रोकिएपछि शनिवार बिहानैदेखि स्थानीय तहका जेसीबि र नेपाली सेना, नेपाली प्रहरीले हिउँ पन्छाउने काम गरेका थिए । दिनभरको प्रयासपछि शनिवार साँझ मात्रै सडक सुचारु गर्न सकिएको प्रहरीले उनले बताए । सडक खुलाइएपछि बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ हिँडेका छन् । डडेल्धुराको साहुखर्क र हगुल्टे लेकमा बाक्लो हिउँ जमेको थियो ।
बझाङ जोड्ने जयपुथ्वी राजमार्ग बाहेक अन्य सबै राजमार्ग समेत सुचारु भएका छन् । जयपृथ्वी राजमार्गको डोल्यामोडमा जमेको हिउँ पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको समेत प्रहरीले बताएको छ । यस बर्षको सबै भन्दा बढी हिउँपरेको स्थानीहरुले बताएका छन् ।
सम्बन्धित पाेस्टहरु