Agni Offset Press

सुदूरपश्चिममा कोरोना त्रास घट्दै

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा तेस्रो लहरको कोरोना त्रास घट्न थालेको छ । पछिल्लो समय संक्रमण दर घट्दै गएपछि तेस्रो लहर र नयाँ भेरियन्टको कोरोनाको त्रास कम हुन थालेको हो ।
डेढ हप्ता अगाडि संक्रमण उच्च बिन्दुमा अब संक्रमण दर निरन्तर घट्दै गएको छ । संक्रमण दर घट्दै गएपछि जनजीवन सामान्यतर्फ लम्केको छ । शुक्रबार प्रदेशभरि एक हजार ५९ जनाको परीक्षण गर्दा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अर्थात कुल परीक्षणको ११.८ प्रतिशत व्यक्तिमा कोरोना पुष्टि भएको छ । यो सङ्क्रमण दर माघ १० गतेको तुलनामा २३.७४ प्रतिशतले कमी हो । माघ १० प्रदेशमा संक्रमण दर सबैभन्दा ३५.५५ प्रतिशत रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.